गुडविल फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 09:21:45 AM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते बिहिबार रविभवन स्थिति होटेल क्राउन इम्पेरीयलमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ९.१ प्रतिशतले हुन आउने ७ करोड ८९ लाख १५ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.९ प्रतिशतले हुन आउने ३ करोड ३८ लाख २० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १३ प्रतिशतले हुन आउने ११ करोड २७ लाख ३६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७२ लाख रहेको छ  ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

साधारण प्रस्ताव

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन ।

२) लेखा परीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण स्वीकृत गर्ने ।

३) लेखा समितिको सिफारिस बमोजिम आ. व. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्री विदुर एशोसियट्स पुनः नियुक्ती गर्न नमिल्ने)।

४) संचालक समितिले सिफारिस गरे बमोजिम चुक्ता पूँजीको कर सहितको प्रति शेयर नगद लाभाश ३.९% (तीन दशमलब नौ) प्रतिशतका दरले हुने रु. ३,३८,२०,८०० (अक्षरेपी तीन करोड अठ्तीस लाख बीस हजार आठ सय रुपैया मात्र) नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने ।

 विशेष प्रस्ताव
१) संचालक समितिले सिफारिस गरे बमोजिम ९.१% (नौ दशमलब एक) प्रतिशतका दरले हुने रु. ७,८९,१५,२०० (अक्षरेपी सात करोड उनानब्बे लाख पन्ध्र हजार दुई सय रुपैया मात्र) बोनस शेयर वितरण गर्ने ।
२) वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी संशोधन गर्ने ।

३) प्रवन्ध पत्र तथा नियमावलीमा पारित गरिएको संशोधन प्रस्तावमा नियमकारी निकायबाट कुनै फेर बदल, थपघट गर्न निर्देशन बा सुझाव भएमा सोही बमोजिम गर्न संचालक समिति वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved