मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, मर्जर प्राप्तिको प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 09:35:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मितेरी डेभलपमेन्ट बैंक Miteri Development Bank Limited ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २८ गते सुनसरी उद्योग वाणिज्य संघमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशतले हुन् आउने १० करोड ६० लाख ५१ हजार १ सय ३२ रुपैयाँ ६९ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६ सय ३८ रुपैयाँ ५६ पैसा  नगद गरि कुल  १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ७३ लाख रहेको छ  ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश प्रस्ताव हरु : 

साधारण प्रस्ताव: 

१. संचालक समितिको तर्फवाट प्रस्तुत हुने अध्यक्षको आ.व. २०७७/०७८ को बार्षिक प्रतिबेदन उपर छलफल गरी प्रतिबेदन पारित गर्ने ।

२. लेखा परिक्षकको प्रतिबेदन सहितको २०७८ अषाढ मसान्तको बासलात, २०७७ श्रावण १ गते देखि २०७८ अषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाह बिबरण पारित गर्ने।

३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को हरहिसाब लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (बर्तमान लेखापरिक्षक श्री अनुप कुमार श्रेष्ठ वि. आ.एस. न्यौपाने पुनः लेखापरीक्षणको लागी योग्य हुनुहुन्छ ।)

४. संचालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई बोनस शेयर कर प्रयोजनको लागि चुक्ता पुँजीको ०७० प्रतिशतले हुने रकम रु.५५,८१,६३८।५६ (अक्षेरेपी रु पचपन्न लाख एकासी हजार छ सय अडतीस र पैसा छपन्न) मात्र दिने प्रस्ताव स्वीकृत गर्ने ।

५. बैंकको नियमावली बमोजिम सर्वसाधारण शेयरधनिको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव: 

१. संचालक समितिले प्रस्ताब गरे बमोजिम आ.व. २०७७/०७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजिको १३।३० प्रतिशतका दरले हुने बोनश शेयर रकम रु.१०,६०,५१,१३२।६९ (अक्षेरेपी रु.दश करोड साठी लाख एकाउन्न हजार एकसय बत्तीस र पैसा उनन्सत्तरी) मात्र प्रदान गर्ने प्रस्ताव स्विकृत गर्ने ।

२. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन/संशोधन तथा थप गर्ने ।

३. मितेरी डेभललपमेन्ट बैंक लिमिटेड र अन्य कुनै उपयुक्त बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा :

अ) यस बैंक र अन्य कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धि सम्पुर्ण प्रक्रिया अवलम्बन गरि कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने ।

आ) एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पुर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

४. नियमनकारी निकायले दिएको निर्देशन बमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा कुनै संशोधन गर्नु परेमा त्यस्तो संशोधन गर्ने लगायतका अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved