आरएमडिसी लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् १० बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 09:47:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएमडिसी लघुवित्त वित्तीय सँस्थाले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले पुस ३० गते काठमाडौँको कालिकास्थान स्थित अमृतभोगमा  सभा आह्वान गरेको हो ।  

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई  २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहितको लागि ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।   साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

सामान्य प्रस्ताव 

१. सञ्चालक समितिको तर्फबाट २३ औं वार्षिक साधारण सभामा प्रस्तुत आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु सहितको आ.व. २०७७/०७८ को वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने ।

३. संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजी रु. १,०३,४२,२१,९००/- को ५% ले हुने रकम रु.५,१७,११,०९७/- नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित) पारित गर्ने ।

४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७८/७९ को हिसाव किताव लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. संस्थाको नियमावली अनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव: 

१. संचालक समितिले सिफारिश गरे बमोजिम चुक्ता पूँजी रु. १,०३,४२,२१,९००/- को २०% ले हुने रकम रु.२०,६८,४४,३८८/- बराबरको वोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । उक्त अनुपातमा बोनस शेयर जारी गर्दा हुन आउने भिन्न अंक (fraction) लाई पहिलेको भिन्न अंकसंग समायोजन गरी बाँकी हुन आउने भिन्न अंक पछि समायोजन गर्ने गरी यथावत राख्ने।

२. आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था (हरु) एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ति) वा प्राप्त गर्न उपयुक्त देखिएमा वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकनका लागि मूल्याकनकर्ता नियुक्त गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।

३. संस्थाको जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरुमा आवश्यक संशोधन गर्ने।

४. संस्थाको नियमावलीको नियम २९ को उपनियम (१) (ख) संशोधन गर्ने ।

५. प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा अन्य निकायबाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार सोमा थपघट परिमार्जन, संशोधन तथा सच्याउनको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved