राष्ट्रिय बाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 08:33:25 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते बिहिबार आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरि कुल ३३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको साधारणसभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूले प्रस्तुत गर्नुहुने बैंकको आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय स्थितिको विवरण र मिति २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्पको नाफा नोक्सान हिसाब विवरण तथा सोही अवधिको नगद प्रवाह विवरण, शेयरधनी कोष परिवर्तनको विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप बैंकको २०७८ आषाढ पसान्तपा कायम रहेको चुक्ता शेयर पूँजी रु.९,१८,४८,९१,६१४/- को ३ (तीन) प्रतिशतका दरले हुन आउने रकम रु.२७,५५,४६,७४९।- (अक्षरेपी सत्ताईस करोड पचपन्न लाख छयालीस हजार सात सय उनन्चास पात्र ।) (कर प्रयोजनका लागि समेत) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने र आ. व. २०७८/०७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजहरूको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्ताव पेश हुने छ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत  बैंकको पुँजी वृद्धि गर्ने, बैंकका शेयरधनीहरूलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता शेयर पुँजी रु. ९.१८,४८,९१,६१४।- को ३० (तीस) प्रतिशतको दरले हुन आउने रु.२,७५.५४,६७,४८५/- (अक्षेरूपी रु. दुई अर्ब पचहत्तर करोड चौवन्न लाख सत्सठ्ठी हजार चार सय पचासी पात्र।) बोनस शेयर (लाभांश) प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने, नेपाल सरकारबाट यस बैंकको शेयर पुँजीमा लगानी बापत प्राप्त रकम नेपाल सरकार, अर्थ मन्त्रालयको नापपा शेयर कायम गर्ने, सञ्चालक समितिको पत्ता एवं सुविधा वृद्धि गर्ने र विशेष प्रस्ताव नं. १, २,३ र ४ बमोजिमका निर्णयहरू कार्यान्वयन गर्न बैंकको प्रबन्धपत्र र नियपावलीपा आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायबाट कुनै संशोधन, परिमार्जन तथा निर्देशन भएमा सो बमोजिम परिमार्जन गर्न सक्ने अख्तियारी बैंकको सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुने छन्।

यो बैंक नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत छैन । यस संगै सबै वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved