मानुषी लघुवित्तले लाभांश नदिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 09:42:05 AM मा प्रकाशित

laxmi  sunrise bank

मानुषी लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते काभ्रेको साँगामा रहेको लहरीखर्क रिसोर्टमा सभा आह्वान गरेको हो 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

 साधारण प्रस्तावहरु:

आ.व. २०७७/२०७८ को तेस्रो वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने सम्बन्धमा । लेखापरिक्षकको प्रतिवेदन सहितको मिति २०७८ आषाढ मसान्तको वासलात. आ.व.२०७७/०७८ को नाफा-नोक्सान हिसाव तथा नगद प्रबाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने सम्बन्धमा। बैंक तथा वितीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वितीय संस्थाको आ. व.२०७८/०७९ को लेखापरिक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । लेखापरिक्षक श्री सि.ए. हेम कुमार काफ्ले (एच डि.एस डि एसोसियट्स) पनि योग्य हुनु हुन्छ। सर्वसाधारण समुहबाट २ जना सञ्चालकहरुको निर्वाचन गरी नियुक्ति गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव : 

प्रवन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमनकारी निकायहरुबाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सबन्धमा । कुनै पनि लघवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती/समाहित (Acquisition) हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने सो का आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मुल्याङ्कन (Due Diligence Audit) गर्न, परार्मशदाता, मुल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्ति गर्न र निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरु सँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा। संचालकहरुको बैठक भत्ता वृद्धि गर्नका लागि प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved