मन्जुश्री फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् ६ बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 09:57:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्स Manjushree Finance  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते बिहिबार आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने ३८ करोड ६१ लाख ५७ हजार ९ सय ५३ रुपैयाँ ८० पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ६ प्रतिशतले हुन आउने ५ करोड ७९ लाख २३ हजार ६ सय ९३ रुपैयाँ ५२ पैसा  नगद गरि कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ५३ लाख रहेको छ  । कम्पनीको साधारणसभाले  पारित गरेपछि उक्त लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

क) सामान्य प्रस्ताब:
१. आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात एवं आ.व. २०७७/०७८ को नाफा नोक्सान तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरिक्षण समितीको सिफारिसमा आर्थिक वर्ष २०७८ /७९  को लागि लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (वहालवाला लेखापरिक्षक श्री पि. एल. आर. जि. एशोसिएट्स चार्टड एकाउण्टेन्टस् पुनः नियुक्त हुन योग्य हुनु हुन्छ।।

४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रू. ९६,५३,९४,८९२/- (अक्षरुपी छयान्नव्ये करोड त्रिपन्न लाख चौरानब्बे हजार आठ सय वयानव्वे रुपियाँ मात्र) को ६% (छ प्रतिशत) ले हुन आउने रकम रु. ५,७९,२३,६९३.५२ (अक्षरुपी पाँच करोड उनानअस्सी लाख तेइस हजार छ सय त्रियान्नब्बे रुपिया वाउन्न पैसा मात्र) बरावरको नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृत प्रदान गर्ने ।

ख) विशेष प्रस्तावहरु :

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजि रु. ९६,५३,९४,८९२/- (अक्षरुपी छयान्नब्बे करोड विपन्न लाख चौरानब्बे हजार आठ सय वयानब्वे रुपियाँ मात्र को ४०% (अक्षरुपी चालिस प्रतिशत) ले हुन आउने रकम रु. ३८,६१,५७,९५६.८० (अक्षरुपी अठ्तीस करोड एकसट्टी लाख सन्ताउन्न हजार नौ सय छपन्न रुपिया अस्सी पैसा मात्र) बरावरको बोनस शेयर बितरण गर्न स्वीकृति प्रदान गर्ने ।

२. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको उल्लेखित वोनस शेयर समेत समायोजन गर्न हाल कायम रहेको अधिकृत पूँजी रु. १,००,००,००,०००/- (एक अर्व रुपियाँ) लाई वृद्धि गरी रु. १,३६,००,००,०००/- (एक अर्व छत्तिस करोड रुपियाँ) पुऱ्याउने र हाल कायम रहेको जारी पंजी रु. ९६,५३,९४,८९२/- (अक्षरुपी छयान्नब्वे करोड विपन्न लाख चौरानब्बे हजार आठ सय वयानव्वे रुपियाँ मात्र) लाई पनि बृद्धि गरी रु. १,३५,१५,५२,८४९/(एक अर्व पैतीस करोड पन्ध्र लाख बाउन्न हजार आठ सय उनानपचास रुपिया) पुन्याई चुक्ता पूँजी पनि रु. १,३५,१५,५२,८४९/- (एक अर्व पैतीस करोड पन्ध्र लाख बाउन्न हजार आठ सय उनानपचास रुपियाँ। पुऱ्याउने सम्बन्धी विशेष प्रस्तावलाई पारित गर्ने ।

३, प्रवन्ध पत्र तथा नियमावलीमा संशोधन : वित्तिय संस्थाको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम हुने गरी यस वित्तीय संस्थाको प्रबन्धपत्रको सम्बन्धित दफा तथा नेपाल राष्ट्र बैंकको स्वीकृती लिई अध्यक्ष तथा सञ्चालकहरुको बैठक भत्ता तथा सुविधा समयानुकुल हुने गरी थप गर्न यस वित्तीय संस्थाको नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने र उपरोक्त बमोजिमको संशोधनलाई अभिलेख गर्ने क्रममा नियमनकारी निकायहरुबाट प्राप्त हुन आउने निर्देशन वा सुझाव बमोजिम परिवर्तन, परिमार्जन वा थपघट लगायत आवश्यक संशोधन गर्नुपर्ने भएमा त्यस्तो परिवर्तन, परिमार्जन वा थपघट लगायत आवश्यक संशोधन गरि नियमनकारी निकायहरुमा अभिलेख अद्यावधिक गर्ने गराउने लगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पर्ण अख्तियारी प्रदान गर्ने ।

४. यस वित्तीय संस्था र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (MERGER) गर्ने वा प्राप्ती (Acquisition) गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा यस वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्याङ्कन (Due Diligence Audit) गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक तोक्न, गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved