सबैभन्दा बढी लाभांश घोषणा गरेको नबिल बैंकले डाक्यो साधारणसभा, मर्जर प्राप्तिको प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 08:43:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस ३० गते शुक्रबार दरबारमार्ग स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो। 

सभामा  लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३३.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.४० प्रतिशत नगद गरि कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । नबिलले वाणिज्य बैंकहरु मध्ये कै उच्च लाभांश प्रस्ताव गरेको हो  । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश [पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु; 

(क) सामान्य प्रस्ताव

१सञ्चालक समितिको प्रतिवेदन २०७७/७८ पारित गर्ने,

२. लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने,

३. यस बैंकको सहायक कम्पनी “नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग लि." को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने,

४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति शेयर रू. ४.४० (अर्थात् ४.४०% का दरले। नगद लाभांश स्वीकृत गर्ने,

५. आ.व. २०७८/७९ (२०२१/२२) को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, र

६. संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई को निर्वाचन गर्ने ।


विशेष प्रस्ताव

१. बैंकको अधिकृत पूँजी वृद्धि गरी रू. १९,००,००,००,०००/- (रू. उन्नाइस अर्ब) पुऱ्याउने,

२. वि.सं. २०७८ आषाढ मसान्तमा समाप्त आर्थिक वर्षको मुनाफाबाट प्रत्येक १०० शेयर बराबर ३३.६० शेयर वा प्रत्येक शेयरको ३३.६०% को अनुपातमा बोनस शेयर जारी गरी बैंकको जारी तथा चुक्ता पूँजी रू. १८,४९,६१,८६,७४५/- पुयाउने,

३. बैंकको प्रबन्धपत्रको दफा ५(१), ५२) र ५(३) को संशोधन स्वीकृत गर्ने तथा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक समायोजन गर्न सञ्चालक समिति (वा समितिले तोकेको व्यक्ति लाई अख्तियारी दिने,

४. आ.व. २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको वित्तीय विवरणको अनुसूची ४.३७ मा उल्लिखित खर्च रू. ३,४४,२०,५७७/- कम्पनी ऐन, २०६३ को दफा १०५।१(ग) को प्रयोजनका लागि अनुमोदन गर्ने, र

५. नबिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू) एक आपसमा गाभ्न गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्न, गाभ्ने / गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved