नारायणी डेभलपमेन्ट बैंकले दोस्रो हकप्रद नदिने, साधारणसभाको एजेण्डाबाट हटायो प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 10:36:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले साधारणसभाको एजेण्डाबाट हकप्रद प्रस्ताव हटाएको छ । बैंकले बिहिबार जारी गरेको साधारणसभाको सूचनामा हाल निष्काशन भईरहेको शत प्रतिशत हकप्रद प्रस्ताव फेरी अर्को १:१ को अनुपातको शत प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । 

तर कम्पनीले आज साधारणसभाको सूचनामा भूलसुधार गरिएको भन्दै अर्को सूचना जारी गरेको छ । जसमा हाल निष्काशन भईरहेको हकप्रदपछि हुन् आउने चुक्ता पुँजी २६ करोड २४ लाखको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने भन्ने विशेष प्रस्ताव हटाईएको छ । बैंकले पुस २९ गते बिहिबार साधारणसभा आह्वान गरेको छ । 

बैंकको पछिल्लो सूचना अनुसार अब साधारणसभामा निम्न प्रस्ताव पेश हुने छन् ।

साधारण प्रस्ताव

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

(२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल असार मसान्तको वित्तीय विवरण, सोही मितिमा पेश भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब विवरण, नगद प्रबाह विवरण, इक्वीटिमा भएको परिवर्तनको विवरण र सो सँग सम्बन्धित अनूसुचीहरु सहितको वित्तीय विवरणहरु पारित गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारीसमा बैंकको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) संचालक नियुक्ति अनुमोदन गर्ने । (५) संचालक समितिका पदाधिकारीको बैठक भत्ता तथा सुबिधा निर्धारण गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव 

(१) कम्पनीको नियमावली संशोधन गर्ने सम्बन्धमा ।

(२) यस नारायणी डेभलपमेण्ट बैंक लि.र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति/समाहित (Acquisition) हुने, रणनीतिक साझेदार, नयाँ लगानीकर्ता भित्रयाउने प्रयोजनका लागि उपयुक्त बैंक वित्तीय संस्था, साझेदार, लगानीकर्ताको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याकंन (Due Diligence Audit) गर्ने परामर्शदाता, मुल्याकंनकर्ता, लेखापरीक्षक नियक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने तथा उक्त कार्यसँग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने ।

 (३) कम्पनीको नियमावलीमा संशोधन गर्ने सम्बन्धमा कम्पनीको आवश्यकता अनुसार तथा नियमनकारी निकायहरुवाट कनै फेरवदल, सझाव भएमा सोही अनसार आवश्यक फेरवदल गर्न संचालक समिति वा संचालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिन स्वीकृत दिने । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved