बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्ने अर्घाखाँची सिमेन्टको प्रस्ताव, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2021 | 09:58:04 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्घाखाँची सिमेन्टले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ ५ गते थापाथली स्थिति आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिङ्ग (Book Building) विधिबाट गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । कम्पनीले सोहि अनुसार अधिकृत पुँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गर्ने र सो व्यवस्था अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधन सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभामा पेश हुने छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

क. छलफलका विषयहरु :

१. सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७७/०७८ को बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. आ.व. २०७७/०७८ को लेखापरिक्षणको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु माथि छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नगत लाभांस स्विकृत गर्ने ।

४. कम्पनी ऐनको दफा ७८ अर्न्तगतको प्रतिवेदन र उद्घोषन प्रस्तुत गर्ने ।

५. सञ्चालक समिति पुर्नगठन गर्ने ।

६. सञ्चालकहरुको पारिश्रमिक तथा बैठक भत्ता निर्धारण गर्ने ७ आर्थिक वर्ष २०७८/७९ को लागि लेखा परिक्षकको नियूक्ती र निजको पारिश्रमीक तोक्ने ।

ख. विशेष प्रस्तावहरु

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिङ्ग (Book Building) विधिबाट गर्ने र सोहि अनुसार अधिकृत पुँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गर्ने।

२. विशेष प्रस्ताव नं. १ को व्यवस्था अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न।

३. प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधन सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने ।

कम्पनीद्धारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले हालै मात्र ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved