सेन्चुरी बैंक सहित ५ सँस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2022 | 10:07:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुष १८ गते पाँचवटा संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनार्थ यी सँस्थाले पुष १९ गते बुक क्लोज गरेकाले आजसम्म कायम सेयरधनिहरुले यी सँस्थाको लाभांश पाउनेछन्। 

कालिका पावर कम्पनी लिमिटेड, मिर्मिरे लघुवित्त वित्तीय सँस्था, प्रोग्रेसिभ फाइनान्स, मिथिला लघुवित्त र सेन्चुरी कमर्शियल बैंकले पुष १९ गते बुक क्लोज गरेकाले उनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। 

कालिका पावर कम्पनीले आफ्नो बार्षिक साधारणसभा यहि पुष ३० गते चितवन भरतपुरमा बिहान ११ बजे डाकेको छ। साधारणसभा प्रयोजनार्थ कालिकाले पुष १९ गते बुक क्लोज गरेको छ। तसर्थ आजसम्म कायम सेयरधनीहरुले कालिकाले घोषणा गरेको लाभांश पाउन तथा साधारणसभामा सहभागी हुन पाउनेछन। 

कालिकाले आर्थिक बर्ष २०७७-७८ बाट आफ्ना सेयरधनिहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७८९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कालिकाको चुक्तापुंजी ६० करोड रहेको छ। लाभांस वितरण पश्चात चुक्तापुंजी ६९ करोड पुग्नेछ। 

कालिका पावरको साधारणसभा चुनावी साधारणसभा भएकाले साधारणसभाबाट संस्थापक सेयरधनीबाट ४ जना संचालक चयन हुनेछन। 

त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय सँस्थाले आफ्नो ११ औं बार्षिक साधारणसभा यहि पुष २९ गते होटल सारथि, धुलिखेलमा बिहान ११।३० बजे डाकेको छ। पुष १९ गते बुक क्लोज गरेकाले आजसम्म कायम सेयरधनीले लाभांश पाउन तथा साधारणसभामा सहभागी हुन पाउनेछन। 

मिर्मिरेले २० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। मिर्मिरेको चुक्तापुंजी ४३ करोड ५० लाख रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी ५१ करोड नाघ्नेछ। भर्खरै मात्र प्राप्ति प्रकृया सकेकाले मिर्मिरेको लाभांशमा कर छुट हुनेछ।  

त्यस्तै प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आफ्नो २५ औं बार्षिक साधारणसभा यहि पुष ३० गते प्रज्ञा भवन, ललितपुरमा दिनको १ बजे डाकेको छ। साधारणसभा प्रयोजनार्थ फाइनान्सले पुष १९ गते बुक क्लोज गरेकाले आजसम्म कायम सेयरधनीले लाभांश पाउन तथा साधारणसभामा सहभागी हुन पाउनेछन।   

प्रोफ्रेसिभले चुक्तापुंजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी ८० करोडबाट बढेर करिब ८६ करोड पुग्नेछ। 

त्यस्तै मिथिला लघुवित्त वित्तीय सँस्थाले आफ्नो १३ औं बार्षिक साधारणसभा पुष २९ गते इनन्यु होटल एण्ड गेस्ट हाउस, लालगढ, धनुषामा बिहान ११ बजे डाकेको छ। पुष १९ गते बुक क्लोज गरेकाले आजसम्म कायम सेयरधनिहरुले लाभांश पाउन तथा साधारणसभामा सहभागी हुन् पाउनेछन्। 

मिथिलाले २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १।३१५७८९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी १३ करोड ६३ लाखबाट बढेर करिब १७ करोड पुग्नेछ।  

त्यस्तै सेन्चुरी कमर्शियल बैंकले आफ्नो ११ औं बार्षिक साधारणसभा यहि पुष ३० गते त्रिभुवन आर्मी अफिसर क्लब, काठमान्डूमा बिहान ११ बजे डाकेको छ। पुष १९ गते बुक क्लोज गरेकाले पुष १८ सम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन। 

सेन्चुरीले गत आर्थिक बर्ष ६।०५ प्रतिश प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ५।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।३ प्रतिशत नगद रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी ९ अर्ब ३ करोडबाट बढेर ९ अर्ब ५५ करोड पुग्नेछ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved