सिडिएसको साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2022 | 07:09:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज पुतलीसडक स्थित आफ्नै कार्यालयको सभा हलमा सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिका अध्यक्ष निरञ्जन फुयालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ। कम्पनीले आ.व. २०७७/७८ को नाफा बाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीमा  शत प्रतिशत लगानी नेपाल स्टक एक्स्चेञ्ज नेप्सेको रहकोले यो लाभांश नेप्सेले पाउने छ । 

सभाले आ. व. २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गरेको छ। त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको परिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ।

सभामा कम्पनी रजिष्ट्रार कार्यालयका प्रतिनिधि, यस लि. का लेखापरीक्षक, महालेखा परीक्षक कार्यालयका प्रतिनिधि तथा लि. का उच्च तहका कर्मचारीको उपस्थिति रहेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved