१ वाणिज्य बैंक र १ विकास बैंकको गरि २ करोड कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2022 | 03:33:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार २ करोड कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ। आज सानिमा बैंक र कामना सेवा विकास बैंकको गरि कुल २ करोड १३ लाख ६४ हजार ७ सय १५ दशमलव ३४३४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज सानिमा बैंकको १७ प्रतिशत बोनसले हुन आउने १ करोड ६४ लाख ५८ हजार ५ सय ८२ दशमलव ४४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । त्यस्तै कामना सेवा विकास बैंकको १८.५० प्रतिशतले हुन आउने ४९ लाख ६ हजार १ सय ३२ दशमलव ९०३४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । दुवै बैंकको आर्थिक वर्ष ७७/७८ को बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved