एनएमबि बैंकको लाभांश पारित, चुक्ता पुँजी १८ अर्ब ३६ करोड कायम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2022 | 07:11:26 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज पौष २२ गते, बिहिबार त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाण्डौंमा   वार्षिक साधारण सभा गरेको हो। 

वार्षिक साधारण सभाले आ.व. २०७७÷७८ को नाफाबाट हाल कायम चुक्त पूजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।  

दि फिनान्सियल टाईम्स, लण्डनले  बैंकलाई Bank of The Year Asia 2021” र Bank of The Year Nepal 2021 बाट  सम्मानित गरेको छ । उक्त अवार्ड शेयरधनीहरुले समय समयमा बैंकलाई दिएको सुझाब एवं सल्लाह मुताबिक भएको परिणामको रुपमा लिँदै सम्पूर्णप्रति बैंकले कृतज्ञता ज्ञापन गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।  

एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवा मार्फत सेवा प्रदान गदै आईरहेको छ ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved