उन्नती सहकार्य लघुवित्तको साधारण सभा सम्पन्न, एफपिओ प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2022 | 08:30:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 उन्नती सहकार्य लघुवित्तको सातौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।   साधारण सभाले  तीन वटा सामान्य प्रस्ताव र विभिन्न छ वटा विशेष प्रस्तावहरु पारित गरेको छ । 

भैरहवामा भएको संस्थाको सातौं साधारण सभाले तीन वटा विशेष प्रस्तावहरुमा अध्यक्षले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७÷७८ सालको बार्षिक प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिकको विषयमा राखिएको प्रस्तावलाई पारित गरेको छ । त्यसैगरी २०७८ असार मसान्त सम्म कायम रहेको चुक्तापुँजीको ३० प्रतिशत बोनस सेयर स्वीकृत गर्ने, विशेष प्रस्तावको १ नम्बर बमोजिम बोनस सेयर बाँडफाँड बमोजिम सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न आवश्यक एक करोड ७८ लाख ४५ हजार एक सय अठार रुपैयाँ तीन पैसा बराबरको सर्वसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्काशन (र्फदर पब्लिक अफ रिङ्ग) जारी गर्ने, विशेष प्रस्तावको बुँदा नं. १ र २ बमोजिम बोनस सेयर बाँडफाँड पश्चात तथा थप सार्वजनिक निष्काशन जारी पश्चात पुँजी बृद्धि गरी जारी तथा चुक्तापुँजी २४ करोड ६८ लाख ६५ हजार सात सय ३६ रुपैयाँ तीन पैसा र ५० करोड रुपैयाँ अधिकृत पुँजी कायम गरी सोही अनुसार नियमावली र प्रवन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । 

त्यस्तै, प्रवन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निदेशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने, सञ्चालकको भक्ता तथा सुविधा बृद्धि गर्ने, भविष्यमा वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा गाभिने प्रयोजनार्थ उपयुक्त देखिएमा सो सँग सम्बन्धित आवश्यक सम्पूर्ण काम कारवाही अगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सातौं बार्षिक साधारण सभाले पारित गरेको छ । 

 हाल १७ करोड ६१ लाख ६९ हजार सात सय छ रुपैयाँ ३८ पैसा चुक्तापुँजी रहेको संस्थाको अधिकृत पुँजी ३० करोड रुपैयाँ पुगेको छ भने तीन अर्ब ३२ करोड ३४ लाख सात हजार एक सय २९ रुपैयाँ ९७ पैसा कर्जा लगानी ९४ करोड ४६ लाख ९२ हजार छ सय ५० रुपैयाँ ३३ पैसा निक्षेप संकलन गरेको संस्था राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । जसका अधिराज्यभरका २८ जिल्लाहरुमा ८२ वटा शाखा सञ्जालहरु रहेका छन् भने तीन सय पाँच जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।   


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved