कालिन्चोक दर्शन लिमिटेडले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2022 | 05:11:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिन्चोक दर्शन लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले आईपिओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंगका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले  आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणलाई गरि  १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved