लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2022 | 08:21:09 AM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ११ गते बुधबार सम्पन्न हुने गरि साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक  वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २१ करोडको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनकोलागी १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने,  लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने , लगायतका प्रस्ताव पेश हुने छन्

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved