लाभांश र हकप्रद प्रस्ताव गर्दै नेशनल हाइड्रोपावरको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2022 | 08:28:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रोपावरले लाभांश र हकप्रद प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ३० गते सोमबार अनलाइन मार्फत साधारणसभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । 

त्यस्तै सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ । सुनकोशी हाइड्रोका १०० कित्ता हुने शेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता शेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १:०.२५ को स्वापमा गाभ्न लागेको हो । 

कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved