जोशी हाइड्रोको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 10:49:57 AM मा प्रकाशित

laxmi  sunrise bank

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुन: साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी फागुन ११ गते भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो कम्पनीले यस अघि माघ ३ गते साधारणसभा आह्वान गरेकोमा गणपुरक संख्या नपुगेर स्थगित भएको थियो । 

 कम्पनीले एक साथ आर्थिक ७५/७६, ७६/७७ र ७७/७८ को साधारणसभा गर्न लागेको हो । कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.ब. २०७५/०७६, २०७६/०७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको आ.ब. २०७५/०७६, २०७६/०७७ र २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसुचीहरु माथि छलफल गरी पारित गर्ने , आ.ब. २०७८/०७९ को लागि लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना संचालकको नियुक्ती गर्ने प्रस्ताव पेश हुने छ।

कम्पनीले लाभांश घोषणा गरेको छैन । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved