नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, बुक क्लोज अहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2022 | 04:43:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २९ गते आइतबार भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।    कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

क) साधारण प्रस्ताव :

१. सचालक समितिको तर्फवाट अध्यक्षज्यूवाट पेश हुने आ.व.२०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

२. आर्थिक वर्ष २०७६/०७७ को वासलात, आय-व्यय हिसाब, नाफा-नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

३. लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे वमोजिम वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,३९,०८,८९२/- नगद लाभांश स्विकृत गर्ने।


ख) विशेष प्रस्ताव :

१. संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु, रु.३,३९,०८,८९,२०३/- मा १९ (उन्नाईस) प्रतिशतको दरले बोनस शेयरको रुपमा लाभांश रु.६४,४२,६८,९४९/- प्रदान गर्ने प्रस्ताव पारित गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउने
दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

२. यस सभामा प्रस्तावित वोनस शेयर कार्यान्वयन गर्न एवं भविष्यमा संभावित पूजी सम्बन्धि आवश्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा (८) र नियमावलीको नियम (४) मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी रु.७ अरब र जारी पूँजी रु.६ अरब पुयाउने ।

३. कम्पनी ऐन २०६३ को दफा १०५/१)ग वमोजिम आ.व.२०७६/०७७ मा भएको खर्च अनुमोदन गर्ने ।

४. कम्पनीको प्रबन्ध पत्र र नियमावलीको संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रदान गर्ने ।

ग) संस्थापक समूह (समुह 'क' वर्ग) वाट ३ जना र सर्व साधारण लगानीकर्ता (समूह 'ख' वर्ग) बाट २ जना संचालकहरुको निर्वाचन गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved