ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2022 | 06:35:14 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र १२ गते होटेल बाराही पोखरामा सभा गर्ने निर्णय गरेको हो 

 कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

 सामान्य प्रस्ताव

१) आ.व २०७७/७८ को संचालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा आ.व २०७७/७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

३) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व २०७८/७९ का लागि बाहय लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने।

४) स्वतन्त्र संचालक नियुक्ति हुनुभएको जानकारी सम्वन्धमा ।

 विशेष प्रस्ताव

१) यस ग्रीन डेभलपमेन्ट बैक लि र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति (Merger/ Acquisition) को लागि उपयुक्त संस्थाको पहिचान गर्ने, उपयुक्त देखिएमा सो सम्बन्धी सम्झौतापत्र (MOU) मा हस्ताक्षर गरी अन्य आवश्यक सम्पूर्ण कार्यहरु गर्न/गराउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।

२) डेभलपमेन्ट बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गरी अभिलेख गराउँदा आवश्यक थपघट, संसोधन वा परि मार्जन गर्नु परेमा सो सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved