प्रोग्रेशिभ फाइनान्सको साधारणसभा आह्वान, बुक क्लोज मिति पहिले कै कायम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 09:31:10 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १६ गते बुधबार ललितपुरको भोलगणेश स्थित ज्यापू प्रज्ञा भवनमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। यस संगै अब कम्पनीले हाल कायम चुक्ता पुँजी ८० करोड १ लाख बराबरको ६ प्रतिशतले हुन आउने ४ करोड ८० लाख ६ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.३१५८ प्रतिशतले हुन आउने २५ लाख २६ हजार ६ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा बितरण हुने छ ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १९ गते नै बुक क्लोज गरिसकेकोले पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले सुरुमा हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.३६८४ रुपैयाँ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । बैंकलाई राष्ट्र बैंकले  कर सम्बन्धी प्रावधानमा केही फेरबदल गर्न निर्देशन दिएको थियो । जसका कारण खुदनाफामा फेबदल भएको र लाभांश पनि परिमार्जन गर्नु परेको बैंकले जनाएको थियो ।  त्यसपछि कम्पनीले  ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश बितरणको प्रस्ताव गरेको थियो  । कम्पनीले साधारणसभा प्रयोजनको लागि बुक क्लोज गरिसकेकोले कम्पनीको ७ प्रतिशत बोनसमा नै मूल्य समायोजन भईसकेको छ। 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

साधारण प्रस्ताव :

१. सञ्चालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण(वासलात), नाफा/ नोक्सान विवरण (अन्य विष्तृत आम्दानीको विवरण सहित), नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनको विवरण आदि सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम वाट्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४. सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आ.व. २०७७/०७८ सम्मको मुनाफा तथा शेयर प्रिमियमबाट संस्थाको चुक्ता पूँजी रु.८०,०१,००,०००/- को ६.० प्रतिशत बोनश शेयर वितरण गरिने हुँदा सो बापत कर प्रयोजनार्थ नगद लाभाश ०.३१५८ प्रतिशतले हुने रकम रु.२५,२६,६३२/- (अक्षरेपी: पच्चिस लाख छब्विस हजार छ सय बत्तीस रुपैया मात्र) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

५. सञ्चालक समितिबाट संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा । ६. विविध ।

विशेष प्रस्ताव:

१. सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पूँजीको ६.० प्रतिशतका दरले हुन आउने रु.४,८०,०६,०००/- (अक्षरेपी: चार करोड असी लाख छ हजार मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने र बोनस शेयर जारी गर्दा कम्पनीको प्रस्तावित अधिकृत, जारी तथा चुक्ता पूँजीको बृद्धि गर्ने र सोहि अनुसार प्रबन्धपत्र संसोधनलाई स्वीकृत गर्ने।

२. प्रबन्धपत्र तथा नियमावलीको ससोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न सुझाव प्राप्त भएमा सो अनुरुप समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

३. यस वित्तीय संस्था र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने, “बैंक तथा वित्तीय संस्था प्राप्ति (Acquisition) सम्बन्धी विनियमावली, २०७०" बमोजिम एक्विजिसन गर्ने गराउने, सो सम्बन्धमा वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन (Due Diligence Audit) गर्ने, मान्यता प्राप्त परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक निर्धारण गर्ने, गाभ्ने/गाभिने, एक्विजिसन सम्बन्धी समझदारी पत्र (Memorandum of Understanding) तर्जुमा गर्ने र अन्य प्रक्रिया समेत पूरा गरी सोमा हस्ताक्षर गर्ने लगायत गाम्ने/गाभिने वा एक्विजिसन गर्ने गराउने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने । (संस्थाको अस्तित्व रहनेगरी विगत साधारण सभाको निरन्तरताका लागि)

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved