नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, को को बने संचालक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2022 | 02:38:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले  आज आइतबार साधारणसभा गरेको हो ।

सभाले आर्थिक वर्ष  २०७६/०७७ को लागि चुक्ता पूँजीको १९ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३.३९.०८.८९२/- नगद लाभांश प्रस्ताव पारित गरेको छ । यसै गरी  साधारण सभावाट संस्थापक समूह "क" वर्ग वाट ३ जना - प्रेमा राज्य लक्ष्मी सिंह, ।  पवन बहादर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण "ख" वर्गवाट २ जना - भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित  भएका छन्।

सभामा कम्पनी अध्यक्ष परेमा सिंह ले कोभिड १९ को प्रकोप यथावत रहेतापनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बीमा योजनाहरुले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताईन् । नेपालको बीमा बजारमा आउने दिनहरुमा जोखिम सरक्षा गर्ने बीमा योजनाहरुको बढी मांग हने आकलन गर्दै आर्थिक समावेशी एवं वित्तिय साक्षरतामा बृद्धि गर्ने नेपाल सरकारको प्रयासहरु साथै बढ्दो घरेल वचत एवं प्रति व्यक्ति आम्दानीमा भएको वृद्धिको कारणले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुग्न गएको धारणा रराखेकी छिन्।

सभामा उनले आ.व.२०७६/०७७ मा कम्पनीको सबै वित्तिय सुचाङ्कहरु उत्साहप्रद रहेको जनाएकी छिन्। कम्पनीका अनुसार कम्पनीको कुल बीमाशुल्क १५.१२ प्रतिशतले बृद्धि भई रु.९२६.७४ करोड पुगेको छ । जीवन बीमा कोष २४.२९ प्रतिशतले बृद्धि भई रु.३,३४६ करोड पुगेको र कूल लगानी १८.८४ प्रतिशतले वृद्धि भई रु.३,१८५ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आ.व.२०७६/०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको वोनस समेत गरी कूल पूँजी रु. ४ अरब ३ करोड नाघेको छ । कम्पनीको बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निर्देशन अनुसार Future Bonus Provisioning मा यथेष्ट व्यवस्था गरिए पनि बीमितहरुलाई पूर्व वर्ष सरह बोनस दर प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ ।

आगामी वर्षहरुमा समेत बीमितहरुलाई बीमालेखमा यथोचित प्रतिफल उपलब्ध गराउने अध्यक्ष सिंहले प्रतिबद्धता जनाएकी छिन् । उनले आ.व.२०७७/०७८ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमाशुल्क ७१ प्रतिशतले बद्धि भई रु.४ अरब नाघेको जानकारी गराएकी छिन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved