सामलिङ पावरको साधारणसभा आह्वान, यस्ता छन् ७ बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2022 | 08:28:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २१ गते बबरमहल स्थित कार्की ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

सामान्य प्रस्तावः

१) आ.व. २०७७/०७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।

२) आ.व. २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सोलाई पारित गर्ने।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व.२०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल कायम लेखा परीक्षक चार्टड एकाउन्टेन्ट श्री प्रधान एण्ड शाक्य एशोसियट्स पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ)।

 विशेष प्रस्तावः

१. कम्पनीको नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा।

१.१ कम्पनीको संचालक समितिको कायम संख्या ११ (एघार जना बाट घटाई ७ (सात) जना कायम गर्न नियमावलीको नियम २७ (२) र सोसँग सम्बन्धी नियम ३१ संशोधन गर्ने।

१.२ कम्पनीको नियमावलीको नियम १७ मा आवश्यक संशोधन गर्ने।

१.३ माथि विशेष प्रस्ताव (१) को प्रस्तावित संशोधनमा नियमकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोही बमोजिम गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने।

संचालक निर्वाचन 

१. सर्वसाधारण शेयरधनी समूह “ख" बाट १ जना तथा समूह “ग” बाट १ जना गरि २ (दुई) जना संचालकहरुको निर्वाचन गर्ने।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved