नेप्सेमा जाल्पाको कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो ट्रेड ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2022 | 10:48:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कारोबार भई मूल्य तय भएपछि कम्पनीको कारोबार सुरु भएको हो । 

कम्पनीको पहिलो कारोबार ३१८.६ रुपियाँमा भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४.४० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने ब्यबस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ  । कम्पनीको JALPA सिम्बलबाट कारोबार सुरु भएको हो ।  शुक्रबार कम्पनीको १६ लाख कित्ता शेयर सुचिकृत भएको थियो   ।

 जाल्पाको शेयर रजिष्ट्रार प्रभु क्यापिटल रहेको छ ।  शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ । जाल्पा लघुवित्त वित्तिय संस्थाले माघ २१ गतेदेखि माघ २५ गतेसम्म  प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved