आरम्भ चौतारी लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2022 | 09:57:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ चौतारी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २७ गते आइतबार काभ्रेको बनेपा स्थित बनेपा पार्टी भेन्युमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  २१ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु २८६,७६३,१४८।-को २१ प्रतिशतले हुन आउने बोनश शेयर रु.६,०२,२०,२६१/-(अक्षरुपी छ करोड दुई लाख बिस हजार दुई सय एकसठ्ठी रुपैया मात्र) बितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

साधारण प्रस्ताव:

१) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आ.व.२०७७/७८ को नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने।

३) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु.२८६,७६३,१४८।-को २१ प्रतिशतले हुन आउने बोनश शेयर रु.६०२२०२६१।- (अक्षरेपी छ करोड दई लाख बिस हजार दई सय एकसटी रुपैया मात्र) र संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोले हाल कायम रहेको चुक्ता पूँजी रु.३०,६९,२३,१४८/(अक्षरेपी तीस करोड उनान्सत्तरी लाख तेइस हजार एक सय अठचालीस रुपैया मात्र) समेतमा समायोजन गरी उक्त बोनश शेयर वितरण गर्न स्विकृति प्रदान गर्ने ।

४) लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (बहालवाला लेखापरीक्षक श्री प्रसिद्ध आचार्य प्रसिद्ध ए एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्त हुन योग्य हुनुहुन्छ ।)

५) संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक श्री विनोद ज्ञवालीज्यूको नियुक्ति अनुमोदन गर्ने।

विशेष प्रस्ताव:

१) संचालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट चुक्ता पूंजी रु.३०,६९,२३,१४८/- को २१ प्रतिशतले रु.६,०२,२०,२६१।- (अक्षरेपी छ करोड दुई लाख बिस हजार दुई सय एकसठ्ठी रुपैया मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्विकृती प्रदान गर्ने ।

२) निम्नानुसारको विषयहरु अनुरुप संस्थाकोको प्रबन्धपत्र/नियमावलीमा संशोधन /थप गर्ने :

(अ) विशेष प्रस्ताव नं. (१) मा प्रस्ताव गरे वमोजिम बोनस शेयर जारी गर्दा संस्थाको पुँजी समेत बृद्धि हुने हुंदा सो को लागि प्रबन्धपत्रमा संशोधन गरी पूँजी बृद्धि गर्ने।

(आ) संस्थाको नियमावलीमा सञ्चालकहरुको भत्ता/सुविधा बृद्धि गर्ने ।

३. भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था संग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती/समाहित (Acquisition) गर्ने/हुनेप्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

४. प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved