प्रभु इन्स्योरेन्सको साधारणसभा आह्वान , यस्ता छन् ७ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2022 | 09:30:45 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ३० गते काठमाडौँको तिनकुने स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश गरि कुल ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड १९ लाख २ हजार ३ सय २८ रुपैयाँ रहेको छ । 

 कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्मको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

(क) सामान्य प्रस्तावः

१. कम्पनीको २६ औं वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम प्रस्तावित बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको ०.५८ प्रतिशतले हुन आउने रकम रु.६७,२६,८०३१०० नगद लाभांश पारित गर्ने ।

४. आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारीश्रमिक निर्धारण सम्बन्धमा।

(ख) विशेष प्रस्तावः

१. सञ्चालक समितिवाट प्रस्ताव गरे बमोजिम कम्पनीको आ.व.२०७७/०७८ को मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर पारित गर्ने ।

२. बोनश शेयर जारी पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुँदा सो को लागि कम्पनीको प्रवन्धपत्रको दफा ६ (क) तथा नियमावलीको नियम २.१ (क) संशोधन गरी सोहि हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने।

३. विशेष प्रस्तावका संशोधनहरुबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको संशोधन उपर नियमनकारी निकाय वा कार्यालय लयबाट कने बिषयमा थप संशोधन गर्न भाषिक संशोधन वा फेरबदल गर्न कनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved