नेपाल फाइनान्सको साधारणसभा आह्वान, मर्जर तथा प्राप्तिको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2022 | 08:40:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख ३ गते होटेल एल्लो प्यागोडामा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।   कम्पनीले हालै मात्र नेपाल धितोपत्र बोर्डबाट १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको छ।  

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

क) साधारण प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने समग्र वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित
गर्ने।

२. लेखापरिक्षण प्रतिवेदन सहितको आ.ब.०७७/७८ को वासलात, २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्मको नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण (संलग्न अनुसूचीहरु सहित) को छलफल गरी पारित गर्ने।

३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार को लेखापरिक्षण गर्न लेखापरिक्षण समितिको सिफारिस अनुसार लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने।

४. संस्थाको नियमावली अनुसार संस्थापक शेयरधनीहरुको तर्फवाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद ४ (चार) र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद १ (एक) को निर्वाचन गर्ने ।

(ख) विशेष प्रस्तावहरु :

१. संस्थाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा संस्थाको चल-अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्याङ्कन (Due Diligence Audit-DDA) गर्ने मान्यता प्राप्त मुल्याङ्कनकता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संस्था गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयार पार्ने, हस्ताक्षर गर्ने लगाएतका गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved