प्रोग्रेशिभ फाइनान्सको साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2022 | 07:00:38 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्सको २५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै साधारण सभाले आर्थिक वर्ष २०७७÷७८को वित्तीय अवस्थाको विवरण, नाफा÷नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।

सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७७÷७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका छन् । उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रम तथा योजनाहरुहरुबारे जानकारी दिए ।

साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिदै अध्यक्ष किशोर कुमार महर्जनले संस्था अपेक्षित रुपले प्रगतिपथमा लम्किरहेको जानकारी गराए । उनले शेयरधनीहरुबाट प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गर्नुभयो तथा आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे । 

साधारण सभाले आर्थिक वर्ष २०७८÷७९का निम्ति बाह्य लेखापरीक्षकका रुपमा रन्जीव एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको साधारण सभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैक तथा वित्तीय संस्थाहरुबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रकृया पुरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ ।

वित्तीय संस्थाले हाल सोह्रवटा शाखा कार्यालय तथा पाँचवटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ । साथै संस्थाले चालू आर्थिक वर्षमा पनि व्यवसाय तथा कार्यक्षेत्र विस्तार गर्ने क्रममा थप शाखा तथा एक्सटेन्सन काउन्टरहरु स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved