आईएमई लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पारित हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2022 | 09:20:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १४ गते बुधबार लाजिम्पाट स्थित होटेल र्याडिसनमा सभा आह्वान गरेको हो ।

सभामा आईपिओ निष्काशन गर्ने सहिका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनको तयारी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ भने कम्पनीको अधिकृत चुक्ता पुंजी ३ अर्ब रहेको छ  ।  आईपिओ निष्काशनकोपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्ने छ भने  संस्थापक साधारण शेयर अनुपात ७०:३० कायम हुने छ  । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

(क) सामान्य प्रस्तावहरु :

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिबेदन पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा NFRS प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा।

(३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) सञ्चालक समितिको बैठक भत्ता तथा सुविधाका सम्बन्धमा।

(५) सञ्चालक समितिको निर्वाचनका सम्बन्धमा।

(ख) विशेष प्रस्ताबहरु :

(१) सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने सम्बन्धमा।

(२) आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न/गाभिन वा प्राप्ती गर्न आवश्यक भएको अवस्थामा गाभ्न/गाभिन वा प्राप्ती गर्ने (Merger and Acquisition) सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गर्ने।

(३) संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।

(४) कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान/आर्थिक सहायता वापतको रकम रु.७,५०,०००। (अक्षेरुपी सात लाख पचास हजार मात्र) कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम अनुमोदन गर्न सम्बन्धमा।

(ग) विविध

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved