युनियन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् मर्जरसहितका एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 09:38:25 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख २३ गते भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा सभा आह्वान गरेको छ ।

कम्पनीले सभामा अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने),प्राप्ती गर्ने (एक्विजिशन) गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण प्रक्रियागत प्रकृयाहरु अवलम्वन गरी मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख १२ गतेसम्म  कायाम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

साधारण प्रस्ताव :
१. संचालक समितिको आ.व. २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. आ.व. २०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफा/ नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र ततसम्वन्धी अनुसुचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा।

३. लेखापरीक्षण उपसमितिको सिफारिस बमोजिम आ.व. २०७७/७८ को लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा (कम्पनी ऐन बमोजिम वाहलवाला लेखापरीक्षक श्री एलएसपी एसोसिएट्स चाटर्ड एकाउन्टेण्टस् पूनः नियुक्ति हुन सक्नु हुने छैन)।

४. संचालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ४ (चार) जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको निर्वाचन गर्ने सम्बन्धमा।

५. स्वतन्त्र विज्ञ संचालकको नियुक्तिको अनुमोदन गर्ने सम्बन्धमा।

६. प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्तिको अनुमोदन गर्ने सम्बन्धमा ।


विशेष प्रस्ताव 

१. कम्पनीले सामूहिक लगानी कोष संचालन गर्ने र सो को स्थापनार्थ प्रबन्धपत्रमा उद्देश्य थप गर्ने सम्बन्धमा ।

२. यस कम्पनी तथा अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने),प्राप्ती गर्ने (एक्विजिशन) गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण प्रक्रियागत प्रकृयाहरु अवलम्वन गरी मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा।

३. कम्पनीको बिस्तृत लेखापरीक्षण (डिडिए) गर्नको लागि लेखापरीक्षक (मुल्यांकनकर्ता) नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा।

४. प्रबन्धपत्र नियमावलीमा भएको संसोधनमा सम्बन्धित नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जन गर्नको लागि सुझाव दिएमा सोही अनुरुप आवश्यक फेरवदल, संसोधन एवं परिमार्जन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा। ५. कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०७६/७७ मा भएको खर्चको अनुमोदन गर्ने सम्बन्धमा।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved