आईपिओ अगाडी नै पुँजी वृद्धि गर्ने तयारीमा महालक्ष्मी लाइफ, विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 09:00:52 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ  कम्पनीले बैशाख २५ गते कमलपोखरी स्थित होटेल हुकुम दरबारमा सभा आह्वान गरेको हो ।

सभामा पुँजी बढाउने प्रस्ताव पेश हुने छ । कम्पनीले कम्पनीको पूँजी बृद्धि गरी अधिकृत पूँजी रू. ५ अर्ब र जारी पूँजी ३ अर्ब पुर्याउने र सोही बमोजिम कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने प्रस्ताव पेश गर्ने छ। त्यस्तै कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्ताबित संशोधनमा सम्बन्धित निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझाव बमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्ताव पारित गर्ने प्रस्ताव पनि पेश हुने छ ।

पूँजी बृद्धि भए बमोजिम सर्वसाधारणलाई छुट्टाइएको शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ । त्यस्तै सभामा महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. र अन्य कुनै जीवन बीमा कम्पनी एक आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने (Merger and Acauisition) र सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved