आइएमई जनरल इन्स्योेरेन्सको साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 02:38:44 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योेरेन्सको २४औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज  शुक्रबार लैनचौर बैङ्क्वेट्स, लैनचौरमा सम्पन्न गरेको हो।

 सभाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजी ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले २४औँ साधारण सभा समक्ष पेश गरेको अन्य सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले पारित गरेको छ ।

साधारण सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरु सहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको, सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशत भन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको, बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा रहेको बताए । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक रहेको अवस्था छ । रेमिट्यान्स आप्रवाह घट्दो छ भने लगानी योग्य पुँजी (तरलता) को अभाव चरम रहेको जानकारी गराए  । 

सभामा अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको छ । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो । चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved