सिक्लेस हाइड्रोपावरको साधारणसभा आह्वान, १०.५२६ प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2022 | 08:25:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सिक्लेस हाइड्रोपावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ १३ गते शुक्रबार पोखरामा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले २०७८ असार मसान्तसम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान विवरण लगायतका अन्य वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पेश हुने छ । 

कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । कम्पनीले २०७८ कार्तिक २९ गते बोर्डमा आवेदन दिएको हो    कम्पनीले २० करोड बराबरको २०  लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउनेछ । कम्पनीले विक्री प्रबन्धकमा यसअघि नै बिओके क्यापिटललाई नियुक्त गरिसकेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved