विन नेपाल लघुवित्तको लाभांश संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 10:21:24 AM मा प्रकाशित

laxmi  sunrise bank

विन नेपाल लघुवित्तको लाभांश संशोधन भएको छ । कम्पनीले यस अघि आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तावित लाभांशमा  संशोधन गरेको हो।

कम्पनीले साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि. र विन लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभ्ने गाभिने कार्य पश्चात् कायम हुन आएको चुक्ता पूँजी रु. ७२४,४१,३००।- (अक्षरेपी सात करोड चौबिस लाख एकचालिस हजार तिन सय) मा आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट प्रस्तावित बोनस शेयर वापतको रकम रु. ६७,६५,०००।- बाट कायम हुने ९.३३ प्रतिशत बोनस शेयर र आयकर ऐन, २०६३ को दफा ४७(क) बमोजिम लाग्ने आयकरको प्रयोजनको लागि आ.व. २०७७/७८ को मुनाफाबाट प्रस्तावित रकम रु. ३३८,२५०।- को बाट कायम हुने ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव आगामी साधारण सभाबाट अनुमोदन भए पछि शेयरधनीहरुलाई वितरण हुने छ।

कम्पनीले यस अघि चुक्ता पूँजी रु. ६,१५,००,०००।- (अक्षरेपी छ करोड पन्ध लाख) को ११ प्रतिशतले हुन आउने रकम रु. ६७,६५,०००।- बोनस शेयर र सो को कर प्रयोजनको लागि ०.५ प्रतिशतले हुन आउने रकम रु. ३३८,२५०/- नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved