नेप्सेमा गिरावट: २ कम्पनीको शेयरमा सकारात्मक सर्किट, शिवम् सिमेन्टको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2022 | 01:26:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार शेयर बजार परिसूचक नेप्से ८.८७ अंकले घटेको छ । आज नेप्से सूचक ८.८७ अंकले घटेर २०२८.७७ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२१ कम्पनीको ३६ लाख ६३ हजार २ सय २० कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुअपियाँ १४ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै ५ करोड ५७ लाख, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २२ लाख, नेपाल पुनर्बिमा कम्पनीको ४ करोड ९० लाख , तथा हिमालयन डिस्टिलरीको ४ करोड ६२ लाखको कारोबार भएको छ ।

आज आंधीखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको शेयर मूल्य सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको शेयर मूल्य ७.७० प्रतिशतले बढेको छ । आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य सर्वाधिक ४.७७ प्रतिशतले घटेको छ भने युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य ४.०३ प्रतिशतले घटेको छ ।

आज फाइनान्स, लघुवित्त र ट्रेडिङ समुह बाहेकको सबै समुहगत सूचक घटेका छन् । जसमा विकास बैंक समुह सर्वाधिक १.३९ प्रतिशतले घटेको छ । 

आज शुक्रबार ११ बजेदेखि १ बजेमात्र शेयर कारोबार भएको हो । असारदेखि नेप्सेले साताको ६ दिन नै कारोबार गर्ने र शुक्रबार ११ बजेदेखि १ बजेसम्म तथा अन्य दिन ११ बजेदेखि ३ दिनसम्म कारोबार गर्ने निर्णय गरेको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved