एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान , यस्ता छन् ११ बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 01:03:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन ९ गते सोमबार बिर्तामोडको सिद्धार्थ होटेलमा सभा आह्वान गरेको हो। 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको  ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  ०.४५ प्रतिशत नगद लाभांश गरि कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असार २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा  पेश हुने प्रस्ताव:

साधारण प्रस्ताव: 

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूवाट प्रस्तुत हुने आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात. नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु पारित गर्ने।

३. बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक श्री पि.वि.के.पि. एण्ड एशोसिएट्स, चार्टर्ड एकाउण्टेन्टस् बिनोद फुयाल पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ।)

४. आ.व २०७७/०७८ सम्मको वितरणयोग्य संचित मुनाफाबाट संचालक समितिले सिफारीस गरे बमोजीम ८.५० प्रतिशत बोनस शेयर बापतको कर प्रयोजनको लागि रु ५१,५२,७५४।३१ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदानगर्ने।

५. संचालक समितिले संस्थापक शेयरधनी तर्फको रिक्त संचालक पदमा बाँकी अवधिका लागि गरेको नियुक्ति अनुमोदन गर्ने।

विशेष प्रस्ताव :

१. संचालक समितिबाट प्रस्तावित हालको चुक्ता पुँजी रु १,१५,१७,९२,१३९।११ को ८.५० प्रतिशतका दरले हुन आउने रु ९,७९,०२,३३१।८२ (अक्षरेपि नौ करोड उनासी लाख दुई हजार तीन सय एकतीस पैसा बयासी मात्र) वरावरको वोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने र वोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजी वृद्धि गरी रु १,२४,९६,९४,४७०।९३ (अक्षरेपि एक अर्व चौविस करोड छयानव्वे लाख चौरानव्वे हजार चार सय सत्तरी पैसा त्रियानव्वे . मात्र) कायम गर्ने र सोही वमोजिम प्रबन्धपत्रका सम्बन्धित दफा संशोधन गर्ने ।

 २. संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा होटल बास खर्च बृद्धि गर्ने ।

३. कम्पनीका अध्यक्ष तथा सञ्चालकहरुलाई बैंकको काममा सूचना प्रविधिको प्रयोगमा सहजताका लागि सुविधाको ल्यापटप प्रदान गर्ने कार्यविधिका आधारमा एक/एक थान ल्यापटप प्रदान गर्ने ।

४. संचालक समितिको सिफारिस वमोजिम प्रदेश स्तरिय बैंक बनाउनको लागि कार्यक्षेत्र विस्तार गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । 

५ .यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति (Acquisition) प्रयोजनको लागि पन्धौ वार्षिक साधारण सभाले दिईएको अख्तियारीलाई निरन्तरता दिदै अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासंग गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी आवश्यक कार्य गर्न, उक्त कार्यका लागि सहमतीपत्र (Memorandum Of Understanding) मा हस्ताक्षर गर्न Merger तथा Acquisition समिति गठन गर्न, चल अचल सम्पत्तीको मूल्याङ्कन (Due Diligence Audit) गर्न मूल्याकनकर्ताको नियुक्ती गर्न, निजको पारिश्रमीक निर्धारण गर्न, शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) निर्धारण गर्न, सम्बन्धित नियमनकारी निकायहरुसंग सहमति लिने लगायतका Merger तथा Acquisition सम्बन्धी आवश्यक सम्पूर्ण कार्य/प्रकृया अघि बढाउने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने ।

६. बैंकको कार्यक्षेत्र विस्तार लगायत अन्य आवश्यक विषयका लागि बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रक्रिया लगायत अन्य आवश्यक विषयका लागि समेत प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved