
एभरेष्ट बैंकले अगाधिकार शेयरधनीलाई लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले अग्राधिकार शेयरधनीलाई हरेक वर्ष ७ प्रतिशत नगद लाभांश प्रदान गर्दै आएको छ।
बैंकले अग्राधिकार शेयरको लाभांश वितरणको लागि असार ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७%, अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण पत्रको दफा ५.५ (छ) मा उल्लेख भए बमोजिम उक्त शेयर वाट हरेक वर्ष ७ प्रतिशतका दरले नगद लाभांस बितरण गरिने भएकोले सो प्रयोजनको लागि उक्त अग्राधिकार शेयरको अन्तिम कारोवार यहि मिति २०७९/०३/३१ गते रहने बैंकले उल्लेख गरेको हो ।