अपर तामाकोशी हाईड्रोको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2022 | 08:53:33 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ ३ गते शुक्रबार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा  सभा आह्वान गरेको हो । 

कम्पनीले अहिले आर्थिक वर्ष ७७/७८ को सभा आह्वान गरेको हो । सभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षणको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को
नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरुप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समूह-'ख' अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिला सहित ४ जना सञ्चालकहरू निर्वाचन/मनोनयन वा नियुक्त गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको पूजि बृद्धिको लागि प्रबन्धपत्रमा संशोधन गर्ने , प्रबन्धपत्रमा प्रस्तावित संशोधनहरूमा नियमन निकायहरूको निर्देशनमा परिमार्जन, हेरफेर तथा थपघट गर्न आवश्यक हुने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने , आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसार आ.व.२०७७/७८ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने र सञ्चालक समितिको बैठक भत्ता सम्बन्धी प्रस्ताव पेश हुने छ।

कम्पनीले हाल कायाम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेपनि हकप्रद प्रस्ताव भने सभाको सूचनामा उल्लेख गरिएको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved