आईपिओ तयारीमा रहेको टक्सार पिखुवाखोला हाइड्रोको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2022 | 10:00:44 AM मा प्रकाशित

laxmi  sunrise bank

टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन ३० गते सोमबार खिचापोखरी काठमाडौँ स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्व्ना गरेको हो ।

सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ प्रतिशत बराबरले हुन आउने रु ४७ करोड ५२ लाख रकम बराबरको ४७ लाख ५२ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक पनि चयन गरिसकेको छ ।

 कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ । ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७८ साल बैशाख १ गतेदेखि नै विद्युतको व्यापारिक उत्पादन गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेकोे छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने १० प्रस्ताव :  

 १) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व ०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२)लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब. २०७७/०७८ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।३) आ.ब. २०७८/०७९ को लागि लेखापरिक्षक नियक्ती र पारिश्रमिक तोक्ने सम्बन्धमा ।

४)कम्पनीमा रहेको जगेडा शेयर समेत खरिद विकी गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

५) कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निश्काशन (IPO) को लागि आवश्यक प्रकृया अगाडी बढाउन संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

६)अन्य नयाँ आयोजनाहरुमा लगानी गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

७) संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।

८) युनाइटेड मेवाखोला हाइड्रोपावर प्रा लि. ५० मे.वा। को शेयर लगानी सम्बन्धमा ।

९) संचालक समितिको निर्वाचन गर्ने सम्बन्धमा ।

१०) विविध ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved