राधी विद्युतको साधारणसभा आह्वान, छैन लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2022 | 05:00:19 PM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को आह्वान गरेको हो ।

कम्पनीले साउन ३० गते सोमबार सभा गर्न लागेको हो । कम्पनीले साधारणसभाको लागि साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । 

कम्पनीको सभामा संचालक समितिको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।

कम्पनीले हकप्रद निष्काशनको पनि तयारी गरिरहेको छ । कम्पनीले हकप्रद निष्कासन अनुमै माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो ।   कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । 

कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरिसकेको छ। आयोगले आयोगले तोकेका शर्त पालना हुने गरि हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved