सुचिकृत कम्पनीहरुलाई आइडी र पासवर्ड लिन आउँन नेप्सेको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2022 | 05:17:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुलाई नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को आइडी र पासवर्ड लिन आउँनको लागि आग्रह गरेको छ । नेप्सेको पुरानो वेबसाइट मर्मत गर्नुपर्ने भएको र नयाँ वेबसाइट संचालनमा आइसकेको हुँदा सो साइटमा  सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु अपलोड गर्नका लागि लगईन आइडी र पासवर्ड लिन आउँन नेप्सेले आग्रह गरेको छ 

लगइन आइडी र पासवर्ड लिनको लागि कम्पनीको इन्टरनेटको पब्लिक आईपी एड्रेस र आधिकारिक इमेल ठेगाना उल्लेख गरेको कम्पनीको पत्र सहित नेप्सेको सूचीकरण शाखामा १० दिन भित्र सम्पर्क गर्न नेप्सेले आग्रह गरेको छ।

 यस भन्दा अघि लगइन आइडी र पासवर्ड लिन नेप्सेमा पत्र पठाएका कम्पनीहरुलाई उक्त पत्रमा उल्लेख भएको इमेलमा सूचीकरण शाखाले आईडी र पासवर्ड पठाउने नेप्सेले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved