मेरो जब लिमिटेडले आईपिओ निष्काशन गर्ने, एनआईसी एसिया क्यापिटलले दिनेभयो सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2022 | 08:58:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मेरो जब लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले एनआईसी एशिया क्यापिटलको “आईडीया टु आईपिओ" सेवा अन्तर्गत आईपिओ निष्काशन गर्ने भएको हो। 

“आईडीया टु आईपिओ" सेवा अन्तर्गत क्यापिटलले कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पुयाउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने गरेको छ। सोही सेवा अन्तर्गत क्यापिटलले मेरो जब कम्पनीसँग सम्झौता गरेको हो।  सम्झौता अनुसार क्यापिटलले कम्पनीलाई आईपिओ निष्काशन गर्ने चरणसम्म पुर्याई आवश्यक संस्थागत परामर्श, निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको सेवा प्रदान गर्ने छ। 

क्यापिटलले  “आईडीया टु आईपिओ"  सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आईपिओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपिओ  जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र आईपिओ  जारी गर्न योग्य कम्पनी बनाउन आवश्यक सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको छ । 

कस्तो कम्पनी हो मेरो जब ?

शिक्षित तथा अनुभवी व्यक्तिहरु जो आफ्नो योग्यता तथा क्षमता अनुसारको काम खोजिरहेको हुन्छन,  त्यस्तै विभिन्न रोजगारदाताहरु जसलाई उपयुक्त कर्मचारीहरु चाहिएको हुन्छ, यी दुबै बिचको पुलको रुपमा कार्य गर्ने उद्देश्यका साथ २००९ मा मेरो जब डट कम प्रा.लि. (हाल मेरो जब लिमिटेड) को स्थापना भएको हो । मेरो जब लिमिटेडले merojob.com जब पोर्टल मार्फत काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गरिरहेको छ । हाल मेरो जब लिमिटेडको वेबसाइटमा करिब १० लाख काम खोजिरहेका व्यक्तिहरु दर्ता भइसकेका छन् भने करिब ४० हजार रोजगारदाताहरुले मानव संसाधन व्यवस्थापन सेवाहरु लिदै आईरहेका छन् । यसका साथै मेरो जब लिमिटेडले वर्षेनि १,००० भन्दा बढी क्षमता विकास कार्यक्रम अन्तर्गत विभिन्न शिर्षकमा तालिमहरु प्रदान गर्दै आइरहेको छ । मेरो जब लिमिटेडले आगामी दिनहरुमा आफ्नो मानव संसाधन व्यवस्थापन सम्बन्धि अन्य सेवाहरु प्रविधिको प्रयोग गरी काम खोज्ने व्यक्तिहरु तथा रोजगारदाताले कम्पनीको आवश्यकता अनुरुपको कर्मचारी प्राप्त गर्न पुलको भूमिका निर्भाह गरी मानव संसाधन व्यवस्थापनमा नेपालकै पहिलो रोजाईको कम्पनीको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved