सर्बसाधारणलाई मन्दाकीनी हाइड्रोको आईपिओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 08:06:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्दाकीनी हाइड्रोपावर लिमिटेडले आज साउन ९ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले सर्बसाधारणलाई ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

यस निष्काशनमा लगानीकर्ताले साउन १२ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै कास्की  जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved