नेप्सेमा ३ कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 05:13:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार ३ वटा कम्पनीको शेयर सुचिकृत भएको छ। आज सगरमाथा इन्स्योरेन्स, एनएमबि माइक्रोफाइनान्स, र नबिल बैंकको शेयर सुचिकृत भएको छ

आज सगरमाथा इन्स्योरेन्सको २० प्रतिशतले हुन आउने २२ लाख २२ हजार ७ सय १५ कित्ता बोनस शेयर, र एनएमबि माइक्रोफाइनान्सको २१.५० प्रतिशतले हुन आउने ११ लाख ६० हजार ५ सय ८० दशमलव ३७३८ कित्ता बोनस शेयर सुचिकृत भएको हो। शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

त्यस्तै आज  नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि नेपाल बंगलादेश बैंकतर्फबाट आएको ४ करोड ३३ लाख ६७ हजार २ सय १९ कित्ता शेयर नबिल बैंकको नाममा सुचिकृत भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १:०.४३ को अनुपातमा प्राप्ति गरेको थियो । जस अनुसार नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले नबिल बैंकको ४३ कित्ता शेयर पाउने छन् । सोहि अनुसार आज ४ करोड ३३ लाख ६७ हजार २ सय १९ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै लगानीकर्ताको डिम्याट खातामा नबिल बैंकको नाममा शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । आज सुचिकृत थप शेयर संगै नबिल बैंकको सुचिकृत शेयर संख्या २२ करोड ८३ लाख २९ हजार ८७ कित्ता शेयर भएको छ । अर्थात् नबिल बैंकको चुक्ता पुंजी २२ अर्ब ८३ करोड पुगेको छ ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गरेका थिए ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved