श्वेतगंगाको आईपिओ बाँडफाँड, ४४ सय ४० जनाको आवेदन रद्द, ५ जनाले पाए ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2022 | 09:23:00 AM मा प्रकाशित

laxmi  sunrise bank

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बुधबार बिहान  शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार यस आईपिओमा कुल १५ लाख ४३ हजार ९ सय ४५ जना आवेदकबाट १ करोड ७० लाख ७२ हजार ८ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ४ हजार ४ सय ४० जनाको आवेदन रद्द भएको छ । क्यापिटलले योग्य रहेका १५ लाख ३९ हजार ५ सय ५ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफांड गरेको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफांड गरिएको हो । 

गोलाप्रथाबाट शेयर बाँडफांड गर्दा २ लाख २७ हजार २ सयले मात्र शेयर शेयर पाएका छन्। यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका १३ लाख १६ हजार ९ सय ४३ जना आवेदक हात खाली भएका छन् । 

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न  ४ तरिकाबाट हेर्न सकिने छ ।  जस अनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र श्वेतगंगा हाइड्रो कम्पनीको वेबसाइट  https://swetgangahydropower.com/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनी सर्बसाधारणलाई २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो। बाँकि रहेको २२ लाख ७० हजार २५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने ब्यबस्था थियो।  

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।   कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । 

यो सानिमा समुह अन्तर्गतको कम्पनी हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved