पिपुल्स पावरले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2022 | 09:47:42 AM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रब्नाध्क प्रभु क्यापिटलले शुक्रबार शेयर बाँडफाँड गरेको हो 

शेयर बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट तथा पिपुल्स पावर हाइड्रोको वेबसाइटबाट हेर्न सकिने क्यापिटलले जनाएको छ ।

कम्पनीले असार ८ गतेदेखि  साउन ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय वासिन्दाको लागि  शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावितको लागि ६ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर १ र ४ का स्थानीयको लागि १ लाख ८९ हजार ७ सय ८० कित्ता शेयर छुट्याईएको थियो भने इलाम नगरपलिकाको १ र ४ वडा बाहेकका इलामका अन्य स्थानीयको लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर छुट्याईएको थियो । 

  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख  कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । 

स्थानीयको शेयर बाँडफाँड गरेसंगै अब कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने छ । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved