धौलागिरी लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2022 | 09:29:22 AM मा प्रकाशित

laxmi  sunrise bank

धौलागिरी लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज साउन २९ गते अन्तिम दिन रहेको छ  । कम्पनीले साउन २४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेकोहो । 

कम्पनीले सर्बसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार १ सय ५५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको छ भने १६ हजार ५ सय ५० कित्ता शेयर कर्मचारी तथा सर्बसाधारणहरुलाई छुट्याईएको छ ।  बाँकि रहेको ३ लाख ९ हजार २ सय ९५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।   आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ ।  शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

सिडीएससीकाअनुसार धौलागिरीको आइपीओमा साउन  २६ गतेसम्म १३ लाख ६१ हजार ३५३ आवेदकले १ करोड ५३ लाख १ हजार ६७० कित्ताको लागि आवेडन दिएका छन्।

 राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved