अब आईपिओ भर्दा अधिकतम ५ रुपैयाँमात्र शुल्क, यस्ता छन् ३ नयाँ ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 08:23:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आश्वा शुल्कमा परिमार्जन गर्ने निर्णय गरेको छ। बोर्डको आइतबार साँझ बसेको संचालक समितिको बैठकले आश्वा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउने गरि आवश्यक ब्यबस्था गर्ने निर्णय गरेको हो 

 यस अघि बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँ शुल्क लिदै आएकोमा अब अधिकतम ५ रुपैयाँमात्र लिन पाउने छन् । यद्यपि उनीहरुले चाहेमा यो सेवा निशुल्क समेत दिन सक्ने छन् । हाल ३ वटा वाणिज्य बैंकले यो सेवा निशुल्क प्रदान गरिरहेका छन् । 

बोर्डको संचालक समितिले निर्णय गरेसँगै बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा आवश्यक संशोधन पनि गरेको छ। धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिने लगानीकर्ताको संख्यामा उल्लेखनिय बृद्धि आएको तथा लगानीकर्ताबाट समेत सार्वजनिक निष्काशनमा लाग्ने लागत बढि भएकोले सोमा परिमार्जन गर्न सुझाव प्राप्त भएको सन्र्दभमा धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीमा लाग्ने लागतलाई लगानीकर्ता मैत्री वनाउँदै यस प्रक्रियामा लाग्ने सेवा शुल्कलाई समयानुकुल समायोजन गर्न आवश्यक रहेकोले बोर्डले “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” मा तेस्रो संशोधन गरेको बोर्डले जनाएको छ । 

उक्त संशोधनमा निम्न ३ वटा मुख्य ब्यबस्था समावेश छन् ।  

१. बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा एक सय रुपैयाँ सेवा शुल्क लिन सक्नेमा सो सेवा शुल्क घटाई बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ।

२. बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रवन्धकलाई प्रति दरखास्त दश रुपैया बुझाउनु पर्नेमा सो घटाई प्रति दरखास्त दुई रुपैया बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

३, धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराए बापत निष्काशन तथा बिक्री प्रबन्धक वा वैक वा वित्तीय संस्थाले प्रति दरखास्त वापत दुई रुपैँयाका दरले शुल्क बुझाउनु पर्नेमा सो घटाई निष्काशन तथा बिक्री प्रबन्धकले प्रति दरखास्त वापत एक रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

आईपिओमा आवेदन दिनेको संख्या धेरै हुँदा आईपिओ पनि नपर्ने र चर्कोशुल्क पनि लाग्ने भन्दै लगानीकर्ताले शुल्क परिमार्जन गर्न माग गर्दै आएका थिए । सोहि अनुसार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले यसबारे अध्ययन गर्न कमिटि बनाएका थिए । कमिटिले दिएको सुझावको आधारमा बोर्डले शुल्क घटाएको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved