दोल्ती पावर कम्पनीले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 12:34:12 PM मा प्रकाशित

laxmi  sunrise bank

दोल्ती पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले साउन १३ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति पाएको पत्र भदौ १२ गते बोर्डमा बुझाएको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको १६ लाख ९ हजार ४ सय ५८ कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि  एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved