खप्तड लघुवित्तको आईपिओ बाँडफाँड, १ लाख जनाको आवेदन अयोग्य, १२३४० जनाले पाए शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 10:29:46 AM मा प्रकाशित

laxmi  sunrise bank

खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज सोमबार बिहान  शेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेको थियो । ति मध्ये १ लाख ४४ जनाको आवेदन  अयोग्य रहेको र कुल १७ लाख ८३ हजार ७४ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । 

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट १२ हजार ३ सय ४० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक हने हात खाली भएका छन् ।

कम्पनीको आईपिओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र खप्तड लघुवित्त कम्पनीको वेबसाइट https://khaptadmfi.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

No description available.

कम्पनीले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको हो । 

जस मध्ये २ हजार कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो भने ६ हजार ६ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको १ लाख २३ हजार ४ सय कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।  

 कम्पनीले शेयर निष्काशन गर्दै बैशाख ११ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो।   खप्तडको अधिकृत पूँजी र१० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको छ । 

सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड हुनेछ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved